पोखरा स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

पोखरा । पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि ३ जनाको मृत्यु भएको चिकित्सकले घोषणा गरेकोमा थप २ जना बालिकाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए । 

उनका अनुसार, अरूको उपचार भइरहेको छ । मृत्यु भैसकेकाहरुको पनि पहिचान भैसकेको छैन । उद्धार सकिएपछि मात्रै पहिचानको काममा लाग्ने उनले बताए । पोखरा २८ माझठानाबाट कालिका आउँदै गरेको स्कुल बस दुर्घटना भएको हो । 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here