बाढीपहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा रास्वपा रौतहटद्वारा दीप प्रज्वलन

श्री कान्त यादव रौतहट

नेपालका विभिन्न जिल्लामा बाढीपहिरो लगायतका प्राकृतिक विपद्मा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रौतहटले दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

frontline

रौतहटको सदरमुकाम गौरस्थित घन्टाघर चोकमा आयोजित कार्यक्रममा बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा दीप प्रज्वलन गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो।

कार्यक्रममा रास्वपा रौतहटका जिल्ला सभापति प्रदीप साह, रास्वपा नेता तथा सामाजिक अभियन्ता सन्तोष पौडेल, रास्वपा नेता भोला साह, ललन साह, ज्ञयानी यादव, सिकीन्द्र पटेल,सन्दिप साह,ज्वती गोएल,सुबोद पासवान,रामबाबु दास,सन्दीप जयसवाल लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले प्राकृतिक विपद्मा ज्यान गुमाएका सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here