आजको खेल नभएमा टिकटको पैसा फिर्ता हुने
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको शनिबार हुने दुबै खेल नभएको खण्डमा आज काटेका टिकटहरूको पैसा फिर्ता हुने भएको छ ।
यदि आजका दुईवटा खेल रद्द भएको खण्डमा ई सेवाले पूर्णरूपमा पैसा फिर्ता गर्ने भएको हो। नेपाल प्रिमियर लिगको गभर्निङ काउन्सिलका सदस्य सुदीप शर्माले अन्नपूर्ण पोस्टलाई जानकारी दिएका हुन्।
‘आजको खेल पाँच ओभर मात्र भएको खण्डमा पनि पैसा फिर्ता हुँदैन । यदि एक बल पनि मैदानमा खेलिएन भने पैसा पूर्णरूपमा फिर्ता हुने भनिएको छ ।’ उनले भने
आज एनपीएलमा दुईवटा खेलहरू रहेका थिए पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजले खेल्ने तालिका रहेको थियो। दोस्रो खेल साँझ५ बजे विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सको रहेको छ।






प्रतिक्रिया दिनुहोस्