बंगलादेशसँग फराकिलो हार बेहोरेसँगै नेपाल उपविजेतामै सीमित

News Summary

Generated by OK AI. Editorially reviewed.

  • सागोरिकाले ह्याट्रिकसहित चार गोल गर्दै साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशलाई ४-० ले हराउन मद्दत गरिन्।
  • बंगलादेशले ६ खेलमा सबै जितेर १८ अंकसहित उपाधि रक्षा गरेको छ भने नेपाल ४ जित र २ हारसहित १२ अंकमा उपविजेता भयो।
  • नेपालले भुटान र श्रीलंकालाई ठूलो गोलअन्तरले हराएको थियो तर बंगलादेशसँगको खेलमा नेपाली खेलाडीहरू निरीह देखिएका थिए।

frontline

५ साउन, काठमाडौं । सागोरिका एक्लैले चार गोल गरेपछि साफ यू-२० महिला च्याम्पियनसिपको अन्तिम खेलमा बंगलादेशले नेपाललाई फराकिलो अन्तरले हराएको छ ।

नेपाललाई ४-० गोलअन्तरले पराजित गर्दै साविक विजेता बंगलादेशले उपाधि रक्षा गरेको छ भने नेपाल फेरि उपविजेतामै सीमित भएको छ ।

पहिलो हाफमा १ गोल मात्र बेहोरेको नेपालले दोस्रो हाफमा ३ गोल बेहोरेको हो । बंगलादेशका लागि सागोरिकाले ह्‍याट्रिकसहित ४ गोल गरिन् ।

खेलको आठौं मिनेटमा सागोरिकाले नेपाली गोलकिपर सुजाता तामाङ अगाडि बढेको अवस्थामा उनलाई बिट गर्दै ओपन पोस्टमा गोल गरेकी थिइन् ।

दोस्रो हाफको ५१औं मिनेटमा दोस्रो गोल गरिन् भने ५८औं मिनेटमा ह्‍याट्रिक पूरा गरिन् । ७७औं मिनेटमा सागोरिकाले फेरि गोल गर्दै अग्रता ४-० मा पुर्‍याइन् ।

बंगलादेशविरुद्धको खेलमा नेपाली खेलाडीहरू निरीह देखिएका थिए ।

नेपाललाई आजको खेल जित्नैपर्ने दबाब थियो । यसअघि बंगलादेशसँगको अघिल्लो भेटमा पनि नेपाल ३-२ ले पराजित भएको थियो ।

उक्त खेलमा नेपालकी डिफेन्डर सिम्रन राईसँगै रातो कार्ड पाएर ३ खेल गुमाएपनि सागोरिकाले आज उत्कृष्ट पुनरागमन गर्दै एक्लै खेलको नायिका बनिन् ।

बंगलादेश ६ वटै खेल जितेर १८ अंक जोड्दै शीर्षस्थानमा रहेर च्याम्पियन बन्यो । यस्तै नेपालले ४ जित र २ हारसहित १२ अंक मात्र जोडेर दोस्रो भयो ।

नेपालले भुटानलाई ६-१ र ८-० तथा र श्रीलंकालाई दुवै खेलमा ७-० गोलअन्तरले हराएको थियो ।

साफ यू-२० महिला च्याम्पियनसिप

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here