धनुषामा छठघाट कुरेर बसेका वृद्धको शङ्कास्पद मृ*त्यु  

काठमाडौं । धनुषामा छटघाट कुरेर बसेका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । गए राति छटघाट कुरेर बसेका शहीदनगर नगरपालिका-२ निवासी मनेजर भन्ने ६० वर्षीय रामजतन यादव छटघाटमा मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार मतौना गाउँदेखि पूर्वतर्फ निर्माण भएको शिव मन्दिरको प्राङ्गणस्थित छठघाटमा राति एक्लै पूजा सामग्री कुरेर बसेका उनको शङ्कास्पद मृत्यु भएको छ । यादवको गालामा चोटको निशान र रगत देखिएको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here