दुर्गा भगवती गाउँपालिकामा अन्तर्राष्ट्रिय योग दिवस २०२५ भव्यताका साथ सम्पन्न

श्री कान्त यादव |

रौतहट | दुर्गा भगवती गाउँपालिका–२, पिपरा भलोहियास्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अन्तर्राष्ट्रिय योग दिवस २०२५ को अवसरमा एक भव्य कार्यक्रम सम्पन्न भएको छ। भारतको महावाणिज्य दूतावास, बिरगंज (नेपाल) र दुर्गा भगवती गाउँपालिकाको संयुक्त सहकार्यमा आयोजित यस कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

frontline

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री कृष्णा यादव रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा मधेश प्रदेशका अर्थमन्त्री सुनील यादवको सहभागिता रहेको थियो। कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्का, जिल्ला प्रहरी उपरीक्षक नेत्र मणि गिरी, भारतीय महावाणिज्य दूतावास, बिरगंजका काँसेलर, सीजी ग्रुपका प्रतिनिधि, प्रदेशसभा सदस्य नागेन्द्र शाह, गाउँपालिकाका पूर्व अध्यक्ष अरुण शाह, उपाध्यक्ष शिला देवी, वडा अध्यक्ष प्रधुम्न चौधरी, सुरेश चौधरी तथा जिल्ला सुरक्षा निकायका प्रमुखहरू लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य राख्दै आफ्नै पालिकामा यति विशिष्ट अतिथिहरूको उपस्थिति गौरवको विषय भएको बताउनुभयो। उहाँले सबैलाई हार्दिक स्वागत तथा आभार प्रकट गर्नुभएको थियो। सिंहले योगको ऐतिहासिक महत्व र वर्तमान समयमा यसको प्रभावकारितामाथि प्रकाश पार्दै योगले शारीरिक सन्तुलन, मानसिक शान्ति र आत्मिक बल प्रदान गर्नुका साथै समुदायमा स्वास्थ्य चेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here