दशौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा सुदूरपश्चिमलाई बागमतीले हरायो

 औं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा बुधबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले हराउँदै बागमतीले विजयी सुरुवात गरेको छ। सुर्खेतको विरेन्द्रनगरस्थित विरेन्द्रनगर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रन बनाएको हो। 

सुदूरपश्चिमले दिएको ११३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले १८ ओभरमा ३ विकेट गुमाउँदै ११४ रनसहित लक्ष्य पूरा गरेको हो।  बागमतीका लागि ओपनर ब्याटर हेलिशा गुरुङले सर्वाधिक ५५ रनको अविजित अर्धशतकीय पारी खेलिन्। उनले ५१ बलमा ६ चौकाप्रहार गरेकी हुन्। 

frontline

अर्की ओपनर कन्चन श्रेष्ठ १३, वान डाउन आएकी विपिशा शाही १० रन र लक्ष्मी माया रुम्बा लामा २० रन बनाउँदै पेभेलियन फर्किएका हुन्। सबिका कुमारी यादव ३ रनमा अविजित रहिन्। सुदूरपश्चिम रोयल्सका लागि बलिङतर्फ स्नेहा महरा र अनु कडायतले १–१ विकेट लिए। 

त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशको लागि ओपनर मनिषा बोहोराले सर्वाधिक ३० रन बनाइन्। स्नेहा महराले २२ रन बनाउँदा कप्तान ऋतु कनौजिया १५ र अनु कडायत २३ रनमा अविजित रहे। 

बागमती प्रदेशका लागि बलिङतर्फ अश्मिना कर्मचार्यले सर्वाधिक ३ विकेट लिइन्। संस्कृति फूयाँल र लक्ष्मी माया रुम्बा लामाले १–१ विकेट लिए। आजको दोस्रो खेलमा कोशी प्रदेश र कर्णाली प्रदेशले खेल्दैछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here