पत्रकारमाथि गरिएको गिरफ्तारीको विरोध
श्रीकान्त यादव रौतहट।।पत्रकारमाथि गरिएको गिरफ्तारीको विरोध गर्दै पत्रकारहरूले सामूहिक रूपमा गिरफ्तारी दिन तयार रहेको जनाउँदै विरोध प्रदर्शन गरेका हुन्।
धर्नाका क्रममा पत्रकारहरूले लोककल्याणकारी विज्ञापनबापत सञ्चारमाध्यमले पाउनुपर्ने रकम कटौती गरिएको, मिडिया हाउसको मुख्य गेट अगाडि गाडी तेर्स्याएर आवागमन अवरुद्ध गरिएको तथा श्रमजीवी पत्रकारहरूलाई कामबाट निष्कासन गरिएको विषयप्रति गम्भीर आपत्ति जनाएका छन्।
पत्रकारहरूले सञ्चारमाध्यममाथि आर्थिक तथा प्रशासनिक दबाब सिर्जना गर्ने, पत्रकारको रोजगारी खोस्ने र स्वतन्त्र रूपमा समाचार सम्प्रेषण गर्ने वातावरणमा अवरोध पुर्याउने गतिविधि बन्द गर्न माग गरेका छन्।
उनीहरूले पत्रकारको गिरफ्तारी, लोककल्याणकारी विज्ञापनको रकम कटौती, मिडिया हाउसको गेटमा गाडी राखेर अवरोध सिर्जना गर्ने कार्य तथा श्रमजीवी पत्रकारको निष्कासनलगायत विषयमा निष्पक्ष छानबिन गरी न्यायोचित समाधान निकाल्न सम्बन्धित निकायसँग माग गरेका छन्।
धर्नामा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै पत्रकारको सुरक्षा, पेसागत मर्यादा र श्रम अधिकारको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका छन्।
पत्रकारमाथिको गिरफ्तारीदेखि श्रमजीवी पत्रकारको रोजगारीसम्म उठेका यी मुद्दाले प्रेस स्वतन्त्रता, सञ्चारमाध्यमको आर्थिक अधिकार र पत्रकारको पेसागत सुरक्षाबारे गम्भीर बहस सिर्जना गरेको छ।
सो विरोध कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिवपुरी,नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष सुब्बा कार्की ,वरिष्ठ पत्रकार प्रभात झा,अनमोल कार्की,सत्येन्द्र सिंह,मधेश प्रदेश सदस्य शैलेन्द्र झा, रमेश तिमिल्सेना, राकेश यादव अशोक पहाडी को उपस्थित रहेको थियो ।






प्रतिक्रिया दिनुहोस्