झापामा शल्यक्रियाबाट प्रसूति हुनेको सङ्ख्या उच्च

समाचार सारांश

  • झापामा अधिकांश महिला शल्यक्रियामार्फत प्रसूति गराउँछन्, जिल्ला स्वास्थ्य कार्यालयका अनुसार।
  • गत आर्थिक वर्षमा ६८.७ प्रतिशत महिलाले शल्यक्रियामार्फत शिशु जन्माए, अघिल्लो वर्ष यो संख्या ७०.५ प्रतिशत थियो।
  • स्वास्थ्यमा जटिलता नहुँदा शल्यक्रिया उचित नभए पनि, पीडा सहन नसक्ने र जीवनशैलीका कारण शल्यक्रिया बढ्दै गएको छ।

झापा । झापामा अधिकांश महिला शल्यक्रियामार्फत प्रसूति हुने गरेका छन् । पछिल्लो एक वर्षमा करिब ६९ प्रतिशत महिलाले शल्यक्रियामार्फत शिशु जन्माएको जिल्ला स्वास्थ्य कार्यालयकी नर्सिङ अधिकृत विद्या न्यौपानेले जानकारी दिइन्।
 
आर्थिक वर्ष २०८१–८२ मा जिल्लामा १३ हजार १३८ जनाले बच्चा जन्माएका मध्ये ६८ दशमलव सात प्रतिशतले शल्यक्रियामार्फत शिशु जन्माएको उनले बताइन् । आव २०८०/८१ मा जिल्लामा ७० दशमलव पाँच प्रतिशतले शल्यक्रियामार्फत प्रसूति गराएको कार्यालयको तथ्याङ्क छ ।

frontline

चिकित्सकका अनुसार स्वास्थ्यमा जटिलता नआएसम्म शल्यक्रियाबाट प्रसूति गराउनु उचित हुँदैन । तर, पछिल्लो समय शल्यक्रियाबाट शिशु जन्माउने सङ्ख्या बढेको बढ्यै छ । प्रश्रव पीडा सहन नसक्नु/नचाहनु, जीवनशैली, ढिलो विवाहलगायत कारण शल्यक्रियामार्फत प्रसूति गराउने सङ्ख्या वृद्धि हुनुको मुख्य कारण भएको न्यौपानेको भनाइ छ । “निजी अस्पतालमा शल्यक्रियामार्फत नै प्रसूति धेरै हुने गरेको छ”, उनले भननिन्, “सरकारी अस्पतालमा अलि कम छ ।”

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को मापदण्डअनुसार प्रसूति गराउने कुल सङ्ख्याको १० देखि १५ प्रतिशत शल्यक्रियामार्फत हुनुलाई सामान्य मानिने बताउँदै नर्सिङ अधिकृत न्यौपानेले भनिन्, “अहिले महिलाले स्वेच्छाले नै शल्यक्रियामार्फत प्रसूति गराउन चाहन्छन् ।”

‘नर्मल डेलिभरी’बाट जन्मिएको शिशु चाँडै बाहिरी वातावरणमा घुलमिल हुने न्यौपानेले बताइन् । “शल्यक्रिया गरेर निकालिएको शिशुलाई वातावरणमा घुलमिल हुन समय लाग्छ”, उनले भनिन् “शल्यक्रियाबाट जन्मिएको शिशुलाई श्वासप्रश्वासमा समस्या हुँदा एनआइसीयूमा राख्नुपर्ने अवस्था आउने गरेको छ ।”

झापा |शल्यक्रिया| प्रसूति

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here