जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौं । जेन–जी पुस्ताको प्रदर्शनमा १३ जनाको मृत्यु भएको छ ।
काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसँग मुठभेट हुँदा १३ जना प्रदर्शनकारीको निधन भएको हो ।
आन्दोलन नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा उनीहरूको निधन भएको हो ।
प्रहरीका अनुसार मिनभवनस्थित सिभिल अस्पतालमा उपचाररत दुई घाइतेको मृत्यु भएको पुष्टि भएको छ भने संसद् भवनको गेटमा गोली लागेर ढलेका एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको हो । उता, ट्रमा सेन्टरमा उपचाररत थप पाँच आन्दोलनकारीको मृत्यु भएको दाबी गरिएको छ ।
त्यस्तै केएमसी अस्पतालमा एक र त्रिवि शिक्षण अस्पतालमा एक र एभरेष्ट अस्पतालमा तीन जना जनाको मृत्यु भएको हो ।

xr:d:DAFhdlDCpbw:1729,j:6153453805784827749,t:23113010

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here