जसपा विवाद झन बढ्दो, यादवलाई निष्काशनको चेतावनीसहित फेरी स्पष्टीकरण माग

फ्रन्टलाइन राजनीति । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पनि फेरि स्पष्टीकरण माग्नुभएको छ । यादवलाई यसअघि गत ११ गते ३ दिनको समय दिएर सोधिएको स्पष्टीकरणको जवाफ नदिएको भन्दै दोस्रोपटक स्पष्टीकरण सोधिएको हो । २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ पेश नगरे कानुनबमोजिम पार्टीबाट निष्काशन गरिने समेत चेतावनी दिइएको छ।

यसअघि शनिबारै अध्यक्ष ठाकुरसहित नेताहरु राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई यादवले दोस्रो पटक स्पष्टीकरण सोधेका थिए । उहाँहरुलाई पनि यादवले २४ घण्टा म्याद दिएर चित्तबुझ्दो जवाफ नदिए निष्काशन गर्ने चेतावनी दिनुभएको छ। दुई पक्षबीच स्पष्टीकरणको जुहारीले जसपालाई फुट्न प्रेरित गरिरहेको छ । जसपामा यादव विपक्षी गठबन्धनमा छन् भने महन्थ–राजेन्द्र सत्तापक्षमा छन्।

frontline

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here