घोषित मितिमै चुनाव हुने प्रधानमन्त्रीको दाबी, भ्रममा नपर्न आग्रह
फ्रन्टलाइन राजनीति । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव हुन्न भन्ने भ्रममा नपर्न आग्रह गर्नुभएको छ । १४औँ गणतन्त्र दिवसका अवसरमा शनिबार नेपाली सेनाको मुख्यालय भद्रकालीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव हुँदैन भन्ने भ्रम फैलाइएको भन्दै त्यसमा विश्वस्त नहुन आग्रह गर्नुभयो ।
‘सरकार निर्धारित समयमा नै स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्री ओलीले मुलुकको अमूल्य समयलाई यस्तो अकर्मण्यता र अनुशासनहीनतामा खेर जानबाट रोक्न जनतासँग ताजाजनादेश माग्नु एकमात्र विकल्प हुन पुगेको जिकिर गर्नुभयो । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति घोषणा गर्नुभएको छ । तर संसद विघटन र चुनाव घोषणाका अरू राजनीतिक दलहरुले राजनीतिक एवं कानूनी रूपमा नै प्रतिवाद गरिरहेका छन् ।






प्रतिक्रिया दिनुहोस्