घोराहीको ट्राफिक चोक नजिकको बस्तीमा पस्यो बाढी

दर्जनौं घरका भुइँतला जलमग्न छन् । आँगन, भान्साकोठा, बेडरुम लगायतमा धमिलो पानी पसेको छ । स्थानीयवासी मोटर चलाएर र भाँडामा भरेर पानी फ्याँकिरहेका छन् ।

४ असार, दाङ । दाङको घोराहीस्थित ट्राफिक चोक नजिक पर्ने शिरडी साई मन्दिर टोलमा बाढी पसेको छ । आज बिहानको वर्षासँगै सातगाउँले लख्वारे कुलोमा आएको बाढी बस्तीमा पसेको हो ।

frontline

घोराही उपमहानगरपालिका १५ को शिरडी साई मन्दिर टोलका प्राय सबै घरमा बाढी पसेको पत्रकार कुलदीप न्यौपानेले बताए ।

उनका अनुसार दर्जनौं घरका भुइँतला जलमग्न छन् । आँगन, भान्साकोठा, बेडरुम लगायतका कोठाहरुमा धमिलो पानी पसेको छ । फोहोर पानीले खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा भिजेका छन् ।

उनका अनुसार स्थानीयवासी घरभित्र पसेको पानी मोटर चलाएर र भाँडामा भरेर फ्याँकिरहेका छन् ।

नजिकैको कटुवा खोलाको पानीलाई कुलोमार्फत् ट्राफिक चोक क्रस गरेर लख्वार, कर्जाही लगायतका ठाउँतिर सिंचाइका लागि लगिएको छ । सो कुलोभन्दा पूर्वतर्फ तल शिरडी साई मन्दिर टोल छ । कटुवा खोलामा बाढी आउँदा कुलोको पानी ओभरफ्लो भएर बस्तीमा पस्ने गरेको छ ।

घोराही उपमहानगरपालिका दाङ बाढी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here