गुरु पूर्णिमा – गुरु व्‍यास जयन्ति विशेष कविता

गुरु हाम्रो आँखाको ज्योति,
अज्ञानता हटाइ दिनुहुन्छ ती।
सत्यको बाटो देखाइ दिने,
अन्धकारमा दीप जलाउने।।

ज्ञानको जून, उज्यालोको सन्देश,
गुरुको उपदेश – जीवनको विशेष।
अनुभवको महासागर,
शिष्यका लागि अमूल्य आधार।।

frontline

गुरु बिना जीवन अधुरो लाग्छ,
मार्ग बिना यात्रा जस्तो देखिन्छ।
तर जुन बाटो गुरु देखाउनुहुन्छ,
त्यो कहिल्यै हराउँदैन, साँचो हुन्छ।।

व्यास मुनी को सम्झनामा आज,
ज्ञान, धर्म र कर्मको आवाज।
गुरु पूर्णिमा, श्रद्धा-समर्पणको दिन,
हृदयदेखि नमन, गुरुमा अर्पण छ विशेष ।। गुरुकाे आशिष जीबनमा रमाउँछ ,ज्ञानकाे फुल हरेक मुटुमा फुलाउँछ। श्रद्धा र सम्मानकाे याे पर्व महान,गुरु पूर्णिमा बनाेस सधैं विषेश र ध्यान ।।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here