खुमलटारमा प्रचण्ड र शेखर कोइरालाबिच भेट

 समाचार सारांश

  • नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वप्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुभयो।
  • उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
  • सत्ता गठबन्धनमा विवाद चलिरहेका बेला भएको भेटघाटलाई महत्त्वका साथ हेरिएको छ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।बिहीबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म दुई घण्टा भेट भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

frontline

थपलियाका अनुसार समसामयिक राजनीतिबारे छलफल भएको छ । पछिल्लो समय सत्ता गठबन्धनबिच विवाद चर्किरहेको बेला प्रचण्ड र कोइरालाबिच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । ‘प्रचण्डसँग खुमलटारमा भेट भएको हो । समसामयिक राजनीतिबारे छलफल भएको हो’, रातोपाटीसँग उनले भने ।

#प्रचण्ड #शेखर कोइराला

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here