कोरोनापछि ५४६ भारतीय गरे हुम्लाबाट मानसरोवर दर्शन

१८ असार, हुम्ला । चार महिनाको अवधिमा ५४६ जना भारतीय तीर्थयात्रीहरूले मानसरोवर कैलाश दर्शन गरेका छन् ।

कोरोना महामारीले हुम्लाको हिल्सा नाका पाँच वर्षदेखि बन्द हुँदा भारतीय तीर्थयात्री आउजाउ बन्द थियो । खुलेसँग उनीहरु दर्शनका लागि आउन थालेका हुन् ।

frontline

चीनले हिल्सा नाका खोलेपछि सिमकोट विमानस्थलस्थल हुँदै  हिल्सानाकाबाट २४८ महिला र २९८ पुरूष गरी ५४६ जनाले मानसरोवर कैलाश दर्शन गरेका हुन् ।

०८१ साल चैत ४ बाट सिमकोट विमानस्थल हुदै भारतीय तीर्थयात्री भित्रिन सुरू भएको सिमकोट सुरक्षा गार्ड प्रहरीले जनाएको छ ।

नाका खोलिएयता ५४६ जनाले हुम्ला हुँदै चीनको मानसरोवर कैलाश दर्शन गरेको सिमकोट सुरक्षा गार्ड प्रहरी चौकी इन्चार्ज गणेशबहादुर डाँगीले बताए ।

हेलिकप्टरबाट २८९ जना र अन्य गाडीबाट हिल्सा नाका हुँदै मानसरोवर कैलाश दर्शन गर्न गएको उनको भनाइ छ ।

तेस्रो मुलुकबाट १०३ जना सिमकोट विमानस्थल हुँदै भित्रिको इन्चार्ज डाँगीले बताए ।

दैनिक सीता, समिट, तारा एयरलाइन्सबाट नेपालगन्ज हुँदै भारतीय तीर्थयात्री हुम्ला आउन थालेका छन् ।

सिमकोट विमानस्थलबाट हिल्सासम्म कैलाश ,माउन्टेन , प्रभु एयरलाइन्सको हेलिकप्टरले भारतीय तीर्थयात्री ओसारपसार गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here