एलिमिनेटरमा आज काठमाडौं र चितवन प्रतिस्पर्धा गर्दै, उपाधि यात्राका लागि जित्नैपर्ने दबाब

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उपाधि यात्रालाई जीवित राख्ने लक्ष्यसहित आज काठमाडौं गोर्खाज र चितवन राइनोज एलिमिनेटरमा आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपरान्न ५ बजे प्रतियोगिताको एलिमिनेटरमा उनीहरुले प्रतिस्पर्धा गर्नेछन्। 

लिग चरणमा तेस्रो र चौथो स्थान हासिल गरेका काठमाडौं र चितवन लागि यो खेल जित्नैपर्ने दबाबको हुनेछ। पराजित हुने टोलीको प्रतियोगिताबाट बिदाइ हुनेछ भने विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ।

frontline

लिग चरणको प्रदर्शन हेर्दा काठमाडौं र चितवनको यात्रा फरक छ। काठमाडौंले सुरुवाती लयलाई अन्तिमसम्म कायम राख्न सकेन भने चितवनले उतारचढावबीच आफ्नो स्थान प्लेअफमा सुरक्षित गरेको हो। 

काठमाडौंले ७ खेलबाट ४ जित र ३ हारसहित ८ अंक जोड्यो। चितवनले तीन जित, तीन हार र एक नतिजाविहीन खेलबाट सात अंक बटुल्यो। अंकतालिकामा एक स्थान र एक अंकको अन्तर भए पनि दुवै टोलीका कमजोरी र बलिया पक्ष एलिमिनेटरमा निर्णायक बन्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here