अव्यवस्थित विद्युतले बर्सेनि जान्छ सयौंको ज्यान

नेपाल विद्युत् प्राधिकरणको लापरबाहीको कारण लुम्बिनी प्रदेशमा पछिल्ला ३ वर्षमा १ सय १४ जना नागरिकले अकालमै ज्यान गुमाएका छन्।

बुटवल  : १० जना विद्युत्कै कर्मचारीको मृत्यु
प्रदेश प्रहरी कार्यालयका अनुसार करेन्ट लागेर मृत्यु हुनेमा १० जना त विद्युत् प्राधिकरणका कर्मचारी छन्। विद्युत्का पोल चढ्दा उनीहरूको करेन्ट लागेर मृत्यु भएको हो। पोलमा चढेर काम गर्नका लागि विद्युत्का कर्मचारीबाहेक अरूलाई अनुमति हुँदैन। मृत्यु हुने १० जना सबै पुरुष हुन्। 

frontline

आर्थिक वर्ष २०८१/८२ मा पाँच र २०८२/८३ मा ५ जना कर्मचारीको ज्यान गएको हो। त्यसमध्ये पाल्पामा २ जना, बर्दियामा ३ जना, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा २ जना, दाङमा १ जना, रूपन्देहीमा १ जना र गुल्मीमा १ जना विद्युत्का कर्मचारीको मृत्यु भएको प्रहरीले जनाएको छ। चालु आर्थिक वर्षमा पोलमा चढेर मृत्यु नभएको तथ्यांक छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here