करिब ११ अर्ब अपचलन भएकाे बराह ग्रुपका अध्यक्ष शिव लामिछाने पक्राउ
सुनसरीको धरानमा रहेको बराह बचत तथा ऋण सहकारी संस्था सञ्चालन गर्ने बराह ग्रुपका अध्यक्ष पक्राउ परेका छन् । करिब ११ अर्ब रकम अपचलन आरोपमा अध्यक्ष शिव लामिछाने (शिवकुमार विश्वकर्मा) पक्राउ परेका हुन् ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी शेखर खनालले लामिछानेलाई पक्राउ गरिएको पुष्टि गरे । उनका अनुसार लामिछानेलाई कोशी प्रदेशबाट पक्राउ गरिएको हो । उनले ठाउँ भने खुलाएनन् ।
‘सहकारी अपचलनपछि उहाँ भागिरहनुभएको थियो, प्रहरीले ट्र्याक गरिरहेको थियो,’ उनले भने, ‘उहाँलाई कोशी प्रदेशबाटै समातिएको हो, ठाउँ चाहिँ पछि भन्छौं ।’






प्रतिक्रिया दिनुहोस्