उमाकुण्ड गाउँपालिकामा अब ‘पहिला योग–ध्यान, त्यसपछि कक्षाकोठा’

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले नयाँ अभ्यासका रूपमा सबै विद्यालयमा कक्षा सुरु हुनुअघि योग–ध्यान अनिवार्य गरेको छ ।
‘योग सिकौँ, योग सिकाऔँ’ भन्ने मूल अभियानसहित गाउँपालिकाले शिक्षक, स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई सात दिने तालिम सम्पन्न गरी कार्यक्रमलाई औपचारिक रूपमा सुरु गरेको हो ।
गाउँपालिकाले माध्यमिक विद्यालयबाट २–२ जना, आधारभूत (कक्षा १–८) बाट १–१ जना, प्रत्येक वडास्थित स्वास्थ्य संस्थाबाट १–१ जना स्वास्थ्यकर्मी र जनप्रतिनिधिसहित ३० जनालाई योग तथा ध्यानसम्बन्धी तालिम दिएको थियो ।
तालिम प्राप्त शिक्षकमार्फत विद्यालयका विद्यार्थी, अभिभावक र समुदायमा योग शिक्षा विस्तार गर्ने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिए।
अध्यक्ष सुनुवारका अनुसार योगले मानिसलाई निरोगी बनाउने मात्र होइन, विद्यार्थीहरूको स्मरणशक्ति बढाउन पनि महत्वपूर्ण भूमिका खेल्छ ।

‘शारीरिक र मानसिक रूपमा स्वस्थ भए मात्रै विद्यार्थीहरू अध्ययनमा केन्द्रित हुन सक्छन्, त्यसैले कक्षा सुरु हुनुअघि योग–ध्यान अभ्यासलाई अनिवार्य गरिएको हो’, उनले भने ।
कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई दैनिक जीवनशैलीमा ध्यान, शारीरिक व्यायाम र सकारात्मक सोच विकसित गर्ने अभ्यास गराइन्छ। स्वास्थ्यकर्मी र आमा समूहमार्फत समुदायमा पनि योगको महत्व फैलाइने गाउँपालिकाको योजना छ ।
स्थानीय अभिभावकहरूले विद्यालयमा सुरु गरिएको योग कार्यक्रमलाई सकारात्मक रूपमा स्वागत गरेका छन् । उनीहरूका अनुसार यो अभ्यासले विद्यार्थीहरूलाई अनुशासनबद्ध, शारीरिक रूपमा स्वस्थ र मानसिक रूपमा सशक्त बनाउन मद्दत गर्नेछ ।
गाउँपालिकाले यो कार्यक्रमलाई दीर्घकालीन बनाउँदै ‘स्वस्थ्य गाउँपालिका’ अभियानमा रूपान्तरण गर्ने तयारी गरेको जनाएको छ ।
०००
उमाकुण्ड गाउँपालिकामा अब ‘पहिला योग–ध्यान, त्यसपछि कक्षाकोठा’
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले नयाँ अभ्यासका रूपमा सबै विद्यालयमा कक्षा सुरु हुनुअघि योग–ध्यान अनिवार्य गरेको छ ।

frontline

‘योग सिकौँ, योग सिकाऔँ’ भन्ने मूल अभियानसहित गाउँपालिकाले शिक्षक, स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई सात दिने तालिम सम्पन्न गरी कार्यक्रमलाई औपचारिक रूपमा सुरु गरेको हो ।
गाउँपालिकाले माध्यमिक विद्यालयबाट २–२ जना, आधारभूत ९कक्षा १–८० बाट १–१ जना, प्रत्येक वडास्थित स्वास्थ्य संस्थाबाट १–१ जना स्वास्थ्यकर्मी र जनप्रतिनिधिसहित ३० जनालाई योग तथा ध्यानसम्बन्धी तालिम दिएको थियो ।
तालिम प्राप्त शिक्षकमार्फत विद्यालयका विद्यार्थी, अभिभावक र समुदायमा योग शिक्षा विस्तार गर्ने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिए।
अध्यक्ष सुनुवारका अनुसार योगले मानिसलाई निरोगी बनाउने मात्र होइन, विद्यार्थीहरूको स्मरणशक्ति बढाउन पनि महत्वपूर्ण भूमिका खेल्छ ।
‘शारीरिक र मानसिक रूपमा स्वस्थ भए मात्रै विद्यार्थीहरू अध्ययनमा केन्द्रित हुन सक्छन्, त्यसैले कक्षा सुरु हुनुअघि योग–ध्यान अभ्यासलाई अनिवार्य गरिएको हो’, उनले भने ।

कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई दैनिक जीवनशैलीमा ध्यान, शारीरिक व्यायाम र सकारात्मक सोच विकसित गर्ने अभ्यास गराइन्छ। स्वास्थ्यकर्मी र आमा समूहमार्फत समुदायमा पनि योगको महत्व फैलाइने गाउँपालिकाको योजना छ ।
स्थानीय अभिभावकहरूले विद्यालयमा सुरु गरिएको योग कार्यक्रमलाई सकारात्मक रूपमा स्वागत गरेका छन् । उनीहरूका अनुसार यो अभ्यासले विद्यार्थीहरूलाई अनुशासनबद्ध, शारीरिक रूपमा स्वस्थ र मानसिक रूपमा सशक्त बनाउन मद्दत गर्नेछ ।
गाउँपालिकाले यो कार्यक्रमलाई दीर्घकालीन बनाउँदै ‘स्वस्थ्य गाउँपालिका’ अभियानमा रूपान्तरण गर्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here