अस्ट्रियालाई पराजित गर्दै स्पेन राउन्ड अफ १६ मा

फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) अन्तर्गत स्पेनले अस्ट्रियालाई पराजित गर्दै राउन्ड अफ १६ मा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको खेलमा स्पेनले अस्ट्रियालाई ३-० ले हराएको हो। 

खेलको पहिलो हाफमा स्पेनले १-०को अग्रता बनाएको थियो। पहिलो हाफमा स्पेनको दबदबा रह्यो। केहि राम्रो अवसरहरू पाए पनि स्पेनले सदुपयोग पनि गर्न सकेन। अस्ट्रियाले आफ्नो दबाब बनाउन सकेन। पहिलो हाफमा मिकेल ओर्याजबलले ३६ औँ मिनेटमा गोल गर्दै अस्ट्रियाविरुद्ध स्पेनलाई अग्रता दिलाएका थिए। 

frontline

खेलको दोस्रो हाफमा स्पेनले आफ्नो दबदबा कायमै राख्यो। दोस्रो हाफको ६६ औं मिनेटमा पेड्रो पोरोले टोलीको लागि दोस्रो गोल गरे। डानी अल्मोको क्रसलाई उनले गोलमा परिणत गरेका हुन् ‌। स्पेनको राष्ट्रिय टोलीको लागि यो उनको पहिलो गोल थियो। खेलको ८९ औं मिनेटमा मिकेल ओर्याजबलले व्यक्तिगत दोस्रो र टोलीको लागि तेस्रो गोल गरे। अस्ट्रियाको पोस्टतिर बल अगाडि बढाउँदै गर्दा उत्कृष्ट रन बनाउँदै वान बाइ वानमा मिकेलले उत्कृष्ट फिनिस गरेका हुन्। यो गोल नै स्पेनको लागि अन्तिम गोल बन्यो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here