नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को सरुवा

नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को सरुवा गरिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुखसहितलाई सरुवा गरेको हो।

प्रहरी उपरीक्षक निरन्जन दत्त भट्टका अनुसार सिआइबी प्रमुख डा. मनोजकुमार केसीलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ। त्यस्तै सिआइबी प्रमुखमा उमाप्रसाद चतुर्बेदीलाई सरुवा गरिएको छ। 

frontline

त्यस्तै राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, शिद्धी विक्रम शाहलाई प्रदेश समन्वय विभाग, सुशील सिंह राठौरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, हिमालय कुमार श्रेष्ठलाई नक्सालको कार्य विभाग, डम्बरबहादुर विश्वकर्मालाई प्रशासन विभाग र ईश्वरी कार्कीलाई मानव स्रोत विकासमा विभागमा सरुवा गरिएको छ।   

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here