राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले अक्षयकोष स्थापना

दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विपन्न वर्गका विद्यार्थीको अध्ययनमा सघाउने उद्देश्यले राज्यकोषबाट आफूलाई प्राप्त हुने तलबभत्ताबाट अक्षयकोष स्थापना गरेका छन् ।

आफ्नो पालिकाको सर्वोदय माध्यमिक विद्यालयमा अभिभावकविहीन, विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक उत्थानका लागि एक लाख एक हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

frontline

आफूलाई मासिक रुपमा प्राप्त हुने ३३ हजार रुपैयाँबाट अक्षयकोष स्थापना गरेको गाउँपालिका अध्यक्ष विष्टले बताइए । ‘अभिभावकविहीन, विपन्न विद्यार्थी आर्थिक अभावका कारण आधारभूत शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कोष खडा गरेको हुँ,’ उनले भने ।

मुक्त कमैया-कम्लहरीलाई बाख्रा वितरण

यसैबीच राप्ती गाउँपालिकाले मुक्त कमैया कम्लहरी समुदायको जीविकोपार्जन सुधार तथा आयआर्जन वृद्धि गर्ने उद्देश्यले ५० घरपरिवारलाई माउ बाख्रा वितरण गरेको छ।

गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालित ‘मुक्त कमैया–कम्लहरी आय वृद्धि तथा सीप विकास कार्यक्रम’ मार्फत ५० जना लाभग्राहीलाई प्रतिपरिवार एक वटाका दरले माउ बाख्रा वितरण गरिएको हो। कार्यक्रमअन्तर्गत स्थानीय जातसँग क्रस भएका उन्नत जातका बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

वितरण गरिएका सबै बाख्राको बीमा गाउँपालिकाले पहिलोपटकका लागि गरिदिएकाे छ।जसले पशुपालनमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बाख्रा वितरण कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले मुक्त कमैया कम्लहरी समुदायको आर्थिक सशक्तीकरण र जीवनस्तर सुधार गाउँपालिकाको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here