५ बाघको एकसाथ मृत्युबारे अध्ययन गर्न अनुसन्धान सुरु
१३ असार, नयाँदिल्ली । भारतको दक्षिणी राज्य कर्नाटकको संरक्षित जङ्गलमा लोपोन्मुख बघिनी र त्यसका चार वटा बच्चा मृत अवस्थामा फेला परेपछि सरकारले अनुसन्धान सुरु गरेको छ ।
राज्यका वनमन्त्री ईश्वर खान्द्रेले वन्यजन्तुको ‘अप्राकृतिक’ मृत्यु ‘अत्यन्त दुःखद् र पीडा’ को विषय भएको र यसको अनुसन्धानका लागि एक टोली गठन गरिएको बताए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार वन अधिकारीहरूले विषालु आहाराको कारण बाघको सामूहिक मृत्यु भएको आशङ्का गरेका छन् ।
द टाइम्स अफ इन्डियाका अनुसार बघिनीले केही दिनअघि एउटा गाई मारेको थियो । यही आक्रोशमा गाईको मृत शरीरमा विष मिसाइएको र त्यही कारण बघिनीसहित साना डमरुको मृत्यु भएको हुनसक्ने आशङ्का वन अधिकारीले गरेका छन् ।
‘कुनै लापरबाही भएको वा कुनै अन्य कारणवश बाघ मरेको हो अनुसन्धान गरी दोषीलाई फौजदारी कारबाही गर्न आदेश दिएका छौँ,’ खान्द्रेले भने ।
निरन्तर संरक्षण प्रयासहरूले भारतमा बाघको सङ्ख्यामा निरन्तर पुनरुत्थान भएको छ ।
पछिल्लो गणनाअनुसार भारतमा तीन हजार ६०० भन्दा बढी बाघ छन्, जुन विश्वको बाघको सङ्ख्याको ७५ प्रतिशत हो ।
तर घट्दो वासस्थान र मानव बस्ती विस्तारले बाघको बस्तीमा हस्तक्षेप भएको वा उनीहरूको जीवनलाई प्रभावित पारेको र पछिल्लो एक दशकमा बाघको आक्रमणमा परी ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । एएफपी






प्रतिक्रिया दिनुहोस्