हेटौंडा मास्टर चोकको जेब्रा क्रसिङमै खाल्टो, दुर्घटनाको उच्च जोखिम

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–९ मास्टर चोकस्थित पूर्व–पश्चिम राजमार्गको जेब्रा क्रसिङमै ठूलो खाल्टो परेको छ।
पैदलयात्री आवागमन गर्ने प्रमुख स्थानमै खाल्टो परेपछि सडक प्रयोगकर्तामाझ आक्रोश फैलिएको छ।
राजमार्गको जेब्रा क्रसिङ पैदल यात्री तथा विद्यार्थीहरूले दैनिक प्रयोग गर्ने संवेदनशील स्थान हो। तर त्यही ठाउँमा खाल्टो परेपछि दुर्घटनाको सम्भावना बढेको छ। स्थानीयवासीका अनुसार सवारीसाधन अचानक खाल्टोमा ठोक्किने, नियन्त्रण गुमाउने वा पैदल यात्रीलाई ठक्कर दिने खतरा अत्यधिक छ।

सडक डिभिजन कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिका दुवै निकायमाथि यसबारे प्रश्न उठ्न थालेको छ। ‘यस्तो भीडभाड हुने चोकमा खाल्टो परेर महिनौं बित्दा पनि मर्मत नहुनु सम्बन्धित निकायको लापरबाही हो,’ स्थानीयले गुनासो गरे।
मेयरले यसतर्फ चासो नदेखाएको र सडक डिभिजन कार्यालयले समयमै मर्मत नगरेको कारण जनतामा असन्तोष बढ्दै गएको छ। तत्काल मर्मत कार्य नगरे ठूलो दुर्घटनाको जोखिम रहने स्थानीयवासीले चेतावनी दिएका छन्।
……………………

frontline

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here