हिमालका मुद्दा ‘कभर डिसिजन’मा
माडौं : विश्व जलवायु सम्मेलन कोप–३१ को मूल निर्णय अर्थात् कभर डिसिजनले नेपालका लागि आशा जगाएको छ। यस निर्णयमा सन् २०१५ मा भएको पेरिस सहमतिअन्तर्गत विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा कायम राख्ने र हिमाल तथा हिमाली समुदायमा समर्पित कार्ययोजना स्थापना गर्ने विषय उल्लेख छ।
कोप–३२ मा आयोजना हुने उच्चस्तरीय वार्ताहरूमा पर्ने गरी हिमाल र जलवायु परिवर्तनसँग सम्बन्धित विषयहरूलाई स्थायी कार्यसूचीमा समावेश गर्ने पनि उल्लेख छ। ‘तापक्रम वृद्धिको सीमा नाघेपछिको ओभरसुट परिणामले जलवायुको जोखिम झन्–झन् बढाउने भएकाले अनुकूलनको आवश्यकता धेरै हुन्छ। विशेषगरी जोखिममा रहेका विकासोन्मुख देशहरूमा हानि तथा नोक्सानी धेरै हुन्छ।
त्यसैले भविष्यमा जोखिम न्यूनीकरण गर्न र उत्थानशीलता निर्माण गर्न जलवायु कार्य अपरिहार्य रहेको कुरा स्वीकार गरिएको छ,’ प्रत्येक डिग्री तापक्रम वृद्धिले जलवायु जोखिम, हानि तथा नोक्सानीको तीव्रता र बारम्बारता बढाउने भएकाले यसै दशकमा १.५ डिग्री कायम गर्ने प्रयास गर्ने पनि उल्लेख छ। पर्वतीय क्षेत्रमा १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको विषयमा औपचारिक एजेन्डा प्रस्ताव गरेसँगै यो विषय कोपको उच्चस्तरीय छलफलदेखि वार्तासम्म विशेष महत्त्व पाएको छ।






प्रतिक्रिया दिनुहोस्