न्युजिल्यान्डको वर्क भिसामा कडाइ गर्दै सरकार

न्युजिल्यान्ड : न्युजिल्यान्ड सरकारले वर्क भिसा (काम गर्नका लागि दिइने भिसा)मा कडाइ गर्ने भएको छ । अध्यागमन कर्मचारीबाट वर्क भिसा जारी गर्दा केही गम्भीर तथा महत्त्वपूर्ण जोखिमका विषयमा ध्यान नपुगेको र त्यसले समस्या निम्त्याएको भन्दै आगामी दिनमा त्यस्ता महत्त्वपूर्ण विषयमा थप सजग भएर अध्यान गरेपछि मात्र भिसा जारी गर्न भनेको छ । 

न्युजिल्यान्ड इमिग्रेसन हालै गरिएको समीक्षाले विशेषगरी मान्यता प्राप्त रोजगारदाता वर्क भिसा (एक्रिडिटेड एम्प्लोयर वर्क भिसा–एईडब्लुभी) सम्बन्धी केही निर्णयमा अध्यागमन कर्मचारीबाट आवेदकको वास्तविक मनसाय र भिसा अवधि सकिएपछि देश छाड्ने सम्भावनाबारे पर्याप्त मूल्यांकन नभएको देखिएपछि सरकारले थप जाँच गरेर मात्र भिसा जारी गर्न कर्मचारीलाई निर्देशन दिएको हो । 

frontline

एक पटक वर्क भिसा लागेर न्युजिल्यान्ड आइसकेपछि पुन दोस्रो पटक भिसा लगाउँदा भिसा लाग्ने सम्भावना नरहेपछि धेरैले आफ्नो देशमा फर्कने वातावरण नभएको, आर्थिक अवस्था कमजोर भएको, आफ्ना बालबालिकालाई दैनिक खुवाउन तथा शिक्षा, स्वास्थ्यमा गम्भीर समस्या पर्नेलगायतका  विभिन्न बाहना बनाएर शरणार्थी भिसा माग गर्नेहरूको संख्या बढ्न थालेपछि सरकारले वर्क भिसा वितरणमा कडाइ गर्न लागेको हो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here