हरिबोधनी एकादशी : लोकजीवनको स्पन्दन
व्रत लिने एकादशी तीर्थ जाने काशी
माला लाउने गाँसी–गाँसी माया लाउने हाँसी
नारायण रायमाझी र साथीहरूको स्वरमा लोकमा प्रचलित यी लोकगीतका गेडाहरूले पनि लोकजीवनमा हरिबोधनी एकादशीको कति गहिरो र बहुआयामिक प्रभाव छ भन्ने कुरालाई दर्शाउँछन्। सदियौंदेखि यो पर्वले आध्यात्मिक जागृतिसँगै उत्सवधर्मिता, कृषि समृद्धि र सामाजिक एकजुटको सञ्चार गरिरहेको छ।
वैदिक सनातन धर्म र आर्यावर्तको लोकजीवनमा उल्लासपूर्ण र विशेष पर्व हो– हरिबोधनी एकादशी। यो पर्व कार्तिक शुक्ल पक्षको एकादशीमा मनाइन्छ। सबै एकादशीमध्येमा हरिबोधनी एकादशीलाई विशेष मानिन्छ। यो एकादशी हरिबोधनी, प्रबोधिनी, देवउठनी आदि एकादशीका रूपमा लोकमा प्रचलित छ। ‘हरिबोधनी’ शब्द ‘हरि’ र ‘बोध’ मिलेर बनेको छ। हरिको अर्थ पालनकर्ता श्रीहरि विष्णु हो भने बोधको अर्थ जागा हुनु हो। अर्थात्, यो हरि जागरणको पर्व हो। प्रबोधिनीको अर्थ ज्ञानवती पनि हुन्छ, जुन बोध र ज्ञानको प्रतीक हो।






प्रतिक्रिया दिनुहोस्