साउनदेखि आजसम्म ४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा
काठमाडौँ । गत साउन १ गते आर्थिक वर्ष सुरु भएदेखि आजसम्म ४ सचिवसहित ४६४ कर्मचारीले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (निजामती)ले दिएको जानकारी अनुसार राजपत्राङ्कित र राजपत्र अनङ्कित गरी त्यति कर्मचारीले राजीनामा दिएका हुन्।
किताबखानाका निर्देशक तथा सूचना अधिकारी सुदन ख्वाखली श्रेष्ठका अनुसार राजपत्राङ्कित २०७ जना र अनङ्कित २५७ कर्मचारीले पदबाट राजीनामा दिएका हुन्। किताबखानाका अनुसार राजीनामा दिने राजपत्राङ्कित कर्मचारीमा ४ सचिव, ३३ सहसचिव, ७२ उपसचिव र ९८ शाखा अधिकृत तहका कर्मचारी छन्।
त्यस्तै राजीनामा दिन राजपत्र अनङ्कित कर्मचारीमा १३७ जना खरदार तथा नायब सुब्बा तहका कर्मचारी छन् । त्यस्तै १२० जना श्रेणीविहीन कर्मचारी छन्।






प्रतिक्रिया दिनुहोस्