साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो

साउन महिनाको तेस्रो सोमबारको अवसरमा काठमाडौंको सुन्दरीजलमा बोलबम भक्तजनको उल्लेख्य घुइँचो लागेको छ।

 नेपालका तराईका विभिन्न जिल्ला तथा भारतका विभिन्न स्थानबाट आएका भक्तजनहरू बिहानैदेखि सुन्दरीजल पुगेका छन्।

frontline

भक्तजनहरूले सुन्दरीजलस्थित पवित्र जलस्रोतमा स्नान गरी कलशमा जल भरेका छन्। त्यसपछि उनीहरू भगवान् शिवको जयजयकार गर्दै पदयात्रामार्फत पशुपतिनाथ मन्दिरतर्फ प्रस्थान गरेका छन्।

साउन महिनामा भगवान् शिवको विशेष पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ। यसै परम्पराअनुसार प्रत्येक सोमबार सुन्दरीजलबाट जल ल्याई पशुपतिनाथमा चढाउने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here