विराटनगर । गत असोज ३१ गते दिउँसो विराटनगर–१८, मटेरुवा नाकामा नियमित गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले भारतीय नम्बर प्लेटको एउटा हुन्डाई ‘भेन्यु’ कारलाई शङ्कास्पद अवस्थामा देख्यो । सुरक्षाकर्मीले रोक्न खोज्दा चालकले गाडी नरोकी हुइँक्याएर भगाए ।
चेकजाँच छलेर भागेको बीआर ३८ एपी ८२८६ नम्बरको उक्त कार केहीबेरमै दिउँसो ४ बजेर ५० मिनेट जाँदा विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाट नजिक भेटियो । गाडी नेपालतर्फबाटै भन्सार ढाटतर्फ गइरहेको थियो र चालक भर्खरै भारतबाट आएजस्तो नाटक गरेर ‘अस्थायी पैठारी अनुमति’ (भन्सार छुटपुर्जी) बनाउने दाउमा थिए
सशस्त्र प्रहरीले तत्कालै घेरा हालेर गाडी नियन्त्रणमा लिन खोज्यो, तर चालक भने गाडीको चाबी लिएर फरार भए ।






प्रतिक्रिया दिनुहोस्