विद्यालयमा अनुशासन : डर र करकापबाट होइन, चेतना र सहकार्यबाट खोजौँ  

जको शिक्षा केवल पाठ्यपुस्तक र परीक्षामा सीमित हुनु हुँदैन। विद्यार्थीको अधिकार र कर्तव्य, स्वतन्त्रता र जिम्मेवारी तथा अनुशासन र आत्मसम्मानबीच सन्तुलन कायम गर्नु नै गुणस्तरीय शिक्षाको आधार हो।

शिक्षा एउटा गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको आवश्यकता एउटै हुँदैन। त्यसैले आज हामीले सञ्चालन गरिरहेका शैक्षिक कार्यक्रमले पाँच वर्षपछि कस्तो परिणाम दिनेछ र १० वर्षपछि हाम्रो शिक्षा प्रणाली कहाँ पुग्नेछ भन्ने विषयमा अहिले नै गम्भीरतापूर्वक सोच्न आवश्यक छ। शिक्षा भनेको वर्तमानका लागि जनशक्ति तयार पार्ने माध्यम मात्र होइन, भविष्यका चुनौती सामना गर्न सक्ने सक्षम, विवेकी, नैतिकवान् र जिम्मेवार नागरिक निर्माण गर्ने प्रक्रिया पनि हो।

frontline

विज्ञान तथा प्रविधिको तीव्र विकास, कृत्रिम बौद्धिकता (एआई) को बढ्दो प्रभाव र विश्वव्यापी प्रतिस्पर्धाका बीच हाम्रो शिक्षा प्रणालीलाई समयानुकूल परिमार्जन गर्नु अपरिहार्य छ। विद्यार्थीलाई एआईको त्रास देखाएर होइन, यसको सही प्रयोग गर्न सिकाएर भविष्यका लागि तयार पार्नुपर्छ। यसका लागि पूर्वीय दर्शनले जोड दिने नैतिकता, आत्मज्ञान, अनुशासन र मानवीय मूल्य तथा पश्चिमी दर्शनले महत्त्व दिने वैज्ञानिक सोच, आलोचनात्मक चिन्तन, सिर्जनशीलता र स्वतन्त्र विचारको सन्तुलित संयोजन आवश्यक छ।

अनुशासन आवश्यक छ, तर करकाप हुनु हुँदैन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here