मौसम विज्ञान विभागले भन्यो–हिमताल विस्फोटबाट रसुवागढीमा बाढी

समाचार सारांश

  • जल तथा मौसम विज्ञान विभागले रसुवामा आएको बाढी हिमताल विस्फोटका कारण भएको जनाएको छ।
  • विभागले चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरेको छ।
  • विभागले भू-उपग्रहबाट प्राप्त तस्बिरहरूले थप पुष्टि गर्ने जनाएको छ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै असार २४ गते रसुवामा बाढी  आएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जनाएको छ । 

frontline

विभागले बिहीबार उक्त बाढीबारे अपडेट गराउँदै हिमताल विस्फोटबाटै बाढी सृजना भएको प्रारम्भिक निष्कर्ष निकालेको हो । यस सम्बन्धमा  मित्रराष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको पनि विभागले जनाएको छ ।

‘आगामी दिनमा भू–उपग्रह मार्फत प्राप्त हुन सक्ने अन्य तस्बिरहरूले समेत थप पुस्ट्याइँ दिन सक्नेछ’, विभागले भनेको छ । जल तथा मौसम विज्ञान विभागले निरन्तर अध्ययन जारी राख्ने र आधिकारिक जानकारी अपडेट गर्दै जाने व्यहोरा अवगत गराएको छ ।

चीनको लेन्दे खोला हुँदै नेपालको भोटेकोशी नदीमा आएको बाढीले ठुलो जनधनको क्षति गरेको थियो ।

11

#रसुवा #बाढी बाढी #हिमताल

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here