बिचौलिया सम्झिँदै न्यायाधीशको संसदीय सुनुवाइ

२१ कात्तिक, काठमाडौं । ‘अदालतहरूमा बिचौलिया र सुटकेस बोक्नेहरूको जगजगी छ भन्ने प्रतिवेदनहरूले नै देखाएका छन् । तपाईंको इजलास र सचिवालयलाई बिचौलियामुक्त राख्न तपाईंसँग के ठोस योजना छ ? यदि कोही बिचौलिया तपाईंको नजिक आउन खोजेमा उसलाई कानुनी कठघरामा उभ्याउने हिम्मत गर्नुहुन्छ ?’

शुक्रबार संसदीय सुनुवाइका क्रममा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चन्द्रबहादुर सारुलाई सोधिएको प्रश्न हो यो । प्रश्नकर्ता थिए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईं ।

frontline

अदालतहरूमा ‘सुटकेस बोक्नेहरूको जगजगी’ छ भनेर कुन प्रतिवेदनले देखाएको हो ? प्रश्नकर्ता सांसदले यसबारे केही खुलाएनन् । जवाफकर्ता प्रस्तावित न्यायाधीश सारुले पनि प्रतिवेदनबारे थप जिज्ञासा राख्न आवश्यक ठानेनन् । बरु अदालतमा बिचौलियाको प्रभाव रहेको आशंकालाई बल पुग्ने गरी जवाफ दिए ।

‘अहिले जुन किसिमको परिवेश, परिस्थिति, परिघटना र दृश्यहरू न्यायपालिकामा देखिएका छन्, त्यसमा हामीले चिन्ता प्रकट गर्नुपर्ने अवस्था छ,’ प्रस्तावित न्यायाधीश सारुले भने, ‘अब त्यसलाई कसरी सकारात्मक बाटोतिर लैजान सकिएला अथवा ती कुराहरू पुनरावृत्ति नहुन के योगदान दिन सकिएला भन्ने प्रश्न आम रूपमा आएको छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here