बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट

५ कात्तिक, बाजुरा । बाजुराको साँफे–मार्तडी सडकखण्डमा पर्ने अम्कोटको पहिरो नियन्त्रण तथा सडक सुधारका लागि ५२ करोड ३१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

वर्षौंदेखि पहिरोको जोखिम, सडक अवरुद्ध हुने समस्या र खेतीयोग्य जमिन कटानको मार खेप्दै आएका स्थानीय बासिन्दाका लागि यो बजेटले आशा जगाएको छ ।

frontline

संघीय सरकारको पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षदेखि काम सुरु गर्ने गरी उक्त बजेट विनियोजन गरेको हो । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका विज्ञ सल्लाहकार इन्जिनियर दिनेश रावतका अनुसार सडक डिभिजन कार्यालय साँफेबगर, अछाममार्फत आयोजना कार्यान्वयन गर्ने गरी प्रक्रिया अघि बढाइएको छ । रावतका अनुसार आयोजना अहिले टेन्डर प्रक्रियामा छ ।

आयोजनाको लागत अनुमान तयार गरी अन्तिम रूप दिइसकिएको भए पनि डिजाइन एकपटक पुन: जाँच गर्नुपर्ने भएकाले टेन्डर खोल्ने प्रक्रिया अघि बढ्न केही समय लाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here