बराबरीमा रोकिँदै ब्राजिल मोरक्कोसँग

फिफा विश्वकप २०२६ अन्तर्गत समूह सीको पहिलो खेलमा ब्राजिल र मोरक्कोले १–१ बराबरी खेल्दै अंक बाँडेका छन्। 
न्यूयोर्कको न्यूजर्सी स्टेडियममा भएको खेलमा पहिलो हाफमा भएका २ गोल नै अन्तिम गोल भए। मोरक्कोका स्माइल साइबरी र भिनिसियस जुनियर बाहेक अन्यले गोल गर्न सकेनन्। 

पहिलो हाफको सुरुवाती १५ मिनेटमा ब्राजिलको पोष्टमा मोरक्को हाबी भएको थियो। जसको फलस्वरुप खेलको २१ औं मिनेटमा ब्रालिजविरुद्ध मोरोक्कोले गोल गर्दै  अग्रता बनायो। मोरक्कोका मिडफिल्डर स्माइल साइबरीले २ जना डिफेन्डरलाई बिट गर्दै गोलकिपर अगाडी बढ्दा खाली पोष्टमा बल छिराएका हुन्। 

frontline

३२ औं मिनेटमा ब्राजिलको लागि भिनिसियस जुनियरले उत्कृष्ट गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याए। बायाँतर्फबाट ब्रुनोले दिएको क्रसलाई उनले उत्कृष्ट फिनिस गरे। 

खेलको ७८ औं मिनेटमा भिनिसियस जुनियरको पासमा राफिन्हाले हानेको प्रहार सिधै मोरक्कोको गोलकिपरको हातमा परेको हो। 
खेलको अन्तिम मिनेटसम्म पनि दुवै टिमले प्रयास गर्दा पनि गोल भने निस्किन सकेन। 

ब्राजिलका स्टार खेलाडी नेयमार भने बेन्चमा थिए। उनी चोटका कारण मैदानमा नउत्रिएका हुन्। फिफा वरियतामा ब्राजिल छैटौं र मोरक्को सातौं स्थानमा रहेका छन्। यो खेल टक्करको देखियो। आजको पहिलो खेलमा समूह बीको कतार र स्विट्जरल्यान्डले पनि १–१ बराबरी खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here