पूर्वराष्ट्रपति भण्डारीको दसैँ: आमाबाट ग्रहण गरिन् जमरा, छोरी-ज्वाइँलाई लगाइदिइन् टीका
र्वराष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको दिन आज आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आशीर्वाद लिएकी छन्।
यसैगरी पूर्वराष्ट्रपति भण्डारीले छोरी-ज्वाइँलाई टीका लगाइदिइन्।
उनले बालुवाटरस्थित निवासमा सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्तालाई समेत विजयादशमीको शुभकामना आदानप्रदानसँगै टीका लगाइदिएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए।






प्रतिक्रिया दिनुहोस्