पूर्वमुख्यमन्त्री बानियाँविरुद्ध किन जारी भयो पक्राउ पूर्जी ?
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री ईन्द्र बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
बैकिङ कसुरको मुद्दामा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एक अधिकारीले बताए । बानियाँका छोरा दीक्षान्तसमेत अहिले सीआईबीकै हिरासतमा छन् । दीक्षान्त १६ कात्तिकमा पक्राउ परेका थिए ।
प्रभु बैंकबाट ३४ करोड ऋण लिएर प्रयोजनविपरित खर्च गरेको आरोप उनीहरूमाथि छ ।
बानियाँ निर्माण सेवा प्राली, भूगर्भ सिमेन्ट कम्पनी, बानियाँ सप्लायर्स प्रालिका नाममा कर्जा गएको थियो ।
उक्त कर्जा भने एउटा प्रयोजनका लागि भनेर अर्को प्रयोजनमा खर्च गरिएको सीआईबीको दाबी छ ।






प्रतिक्रिया दिनुहोस्