न्यायालय मनोज शर्माको काँधमा

काठमाडौं : संवैधानिक परिषद्ले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको बलियो सरकारले विगतका परम्परालाई तोड्दै चौथो वरीयताक्रमका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको हो। 
बिहीबार अध्यक्ष एवं प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। नेपालको न्यायिक इतिहासमा वरिष्ठतम न्यायाधीशको साटो रोलक्रमको चौथो नम्बरमा रहेका व्यक्ति प्रधानन्यायाधीशका लागि सिफारिस भएको सम्भवतः यो पहिलो घटना हो। 

हालसम्म नागरिकता र शैक्षिक प्रमाणपत्रको कैफियतका कारण संसदीय सुनुवाइ समितिबाट दीपकराज जोशी अस्वीकृत भएबाहेक प्रधानन्यायाधीशमा रोलक्रम अनुसार नै सिफारिस हुँदै आएका थिए। मनोजको सिफारिसले यो परम्परा तोडिएको छ। संविधानमा भने वरिष्ठतम न्यायाधीश नै प्रधानन्यायाधीश हुनुपर्छ भन्ने अनिवार्य व्यवस्था छैन।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here