नागढुंगा–मुग्लिन सडक बन्द हुँदा छैन काठमाडौँ जोड्ने भरपर्दो बाटो

काठमाडौँ । आकाशमा कालो बादल मडारिएर पानी पर्न थालेपछि संघीय राजधानी काठमाडौँको मुटुमा एउटा अव्यक्त त्रास फैलिन्छ– राजधानीलाई देशका अन्य भूभागसँग जोड्ने लाइफलाइन ‘नागढुंगा–मुग्लिन सडक खण्ड’ अवरुद्ध भइर सिङ्गै उपत्यकामा आपूर्ति प्रभावित हुने त होइन !

सामान्य वर्षा हुँदा नै मुग्लिन सडक खण्डका कृष्णभिर लगायतका स्थानबाट खस्ने पहिरोले राजधानीको आवागमन र आपूर्ति शृङ्खला नराम्ररी विच्छेद गरिदिन्छ । पहिरोले यातायात अवरुद्ध हुँदा हजारौँ यात्रु बाटोमै अलपत्र पर्छन्, बिरामीले एम्बुलेन्समै ज्यान गुमाउँछन् भने उपभोग्य सामग्री बोकेका सयौँ मालवाहक ट्रक सडकमै रोकिँदा तरकारी र फलफूल बाटोमै कुहिन्छन् । यसको सिधा असर काठमाडौँको भान्सादेखि देशको समग्र अर्थतन्त्रसम्म परिरहेको छ ।

frontline

यति गम्भीर र संवेदनशील विषयमा पनि सरकारी संयन्त्रको रवैया भने उदेकलाग्दो छ । काठमाडौँ उपत्यकाको लाइफलाइन सडकको भरपर्दो विकल्प तयार गर्न सरकारले अहिलेसम्म ठोस र परिणाममुखी कदम चाल्न सकेको छैन । जब मुग्लिन सडकमा पहिरो खसेर सङ्कट आइपर्छ, तबमात्र सरकार वैकल्पिक सडकहरूको खोजीमा भौँतारिन्छ । सङ्कटमा मात्र ब्युँझिने सरकारी प्रवृत्तिका कारण राजधानी जोड्ने वैकल्पिक राजमार्गहरूको अवस्था दशकौँदेखि दयनीय छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here