धादिङमा दुई बस र ट्रक ठोक्किए, १६ जना घाइते

 पृथ्वी राजमार्गअन्तर्गत धादिङको महेशदोभान नजिकै २ बस र १ ट्रक एकआपसमा ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन्।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७४८८ नम्बरको बस, काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६७१६ नम्बरको बस र सोही दिशातर्फ गइरहेको बा ३ ख २०५६ नम्बरको ट्रक राति करिब ११:१० बजेको समयमा एकआपसमा ठोक्किएका हुन्।

frontline

दुर्घटनामा बसमा सवार १६ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था मध्यम र १२ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी (डीएसपी) प्रकाश दाहालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here