दैलेखमा बिरामी बोकेर हिँडेको जीप दुर्घटना : एकको मृत्यु, ५ जना गम्भीर घाइते

काठमाडौं : दैलेख गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आज बिहान कालिकोटबाट विषादी सेवन गरेकी बिरामी कैसि सार्कीलाई अक्सिजन सिलिन्डरसहित उपचारका लागि सुर्खेततर्फ लैजाँदै गरेको क.प्र.०२–००१ च १२१५ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको हो ।
 

frontline

प्रहरीका अनुसार सन्नित्रिवेणी गाउँपालिका – ६ बस्ने वर्ष ४१ वर्षीय रने सार्कीको बिहान ८:५६ बजे उपचारका क्रममा मृत्यु भएको हो। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ।

गम्भीर घाइते हुनेमा सन्नित्रिवेणी गाउँपालिका–७ बस्ने वर्ष २२ का चालक योगेश सिंखडा, १८ वर्षीय गंग सार्की, २१ वर्षीय तपेन्द्र सिंखडा, वडा नं. ६ का ३६ वर्षीय जादुकाल सार्की र २७ वर्षीया कैसि सार्की (बिरामी) रहेका छन्। घाइतेलाई तत्कालै उद्धार गरी सुर्खेत पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here