दिल्लीमा अर्थमन्त्री वाग्लेको अभिव्यक्तिमाथि प्रश्नै–प्रश्न

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने युग समाप्त भएको भन्दै दिएको अभिव्यक्तिमाथि प्रश्न तेर्सिएको छ। प्रतिपक्ष दलमात्रै होइन समाजका प्रतिष्ठित व्यक्तिबाट यसको आलोचना भएको छ। वाग्लेको अभिव्यक्तिको राजनीतिक सन्देश, कूटनीतिक औचित्य र राष्ट्रिय हितमाथिको प्रभाव पार्ने उनीहरूको तर्क छ।

भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वल्र्ड समिट २०२६’ मा बोल्दै अर्थमन्त्री वाग्लेले नेपाली राष्ट्रवादलाई ‘एन्टी–इन्डियनिज्म’ अर्थात् भारतविरोधी भावनासँग जोडेर हेर्ने युग समाप्त भएको बताएका थिए। नयाँ पुस्ताको आकांक्षा आर्थिक समृद्धि, रोजगारी, सुशासन र असल छिमेकी सम्बन्ध रहेको उल्लेख गर्दै उनले नेपालको परराष्ट्र नीति सकारात्मक दिशामा अघि बढिरहेको बताएका थिए।

frontline

तर, भारत भ्रमणका क्रममा नेपालको राष्ट्रवादबारे गरिएको यस्तो टिप्पणीले राष्ट्रिय स्वाभिमान र स्वतन्त्र परराष्ट्र नीतिको सन्दर्भमा प्रश्न उठाइएको छ। उनीहरूले भारतसँग मैत्रीपूर्ण सम्बन्ध राख्नु आवश्यक भए पनि त्यसका नाममा नेपालको राष्ट्रिय सरोकार र अडानलाई गौण बनाउन नहुनेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here