कारको चारवटै ढोकामा ‘फल्स बटम’ बनाएर चाँदी तस्करी

कारको फल्स बटममा लुकाएर ल्याएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने सेतो धातुसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। 

हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्ट नजिकबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

frontline

पक्राउ पर्नेमा भारतको रक्सोल निवासी करिब ५० वर्षीय कार चालक रमेश कुमार साह सोनार, उनकी श्रीमती करिब ४२ वर्षीया चन्दा देवी सोनार, उनीहरूका १७ वर्षीय छोरा र चालककी भान्जी अन्दाजली २० वर्षीया नन्दनी कुमारी साह रहेका छन्।

कारलाई जाँच गर्दा फल्स बटममा लुकाएको अवस्थामा चाँदीजस्तो देखिने धातु फेला परेपछि आइतबार दिउँसो उनीहरु पक्राउ परेका हुन्। 

दिउँसो सवा ३ बजे प्रहरी चौकी रातोमाटेबाट प्रहरी नायब निरीक्षक प्रमोद कुमार साहको कमाण्डमा खटिएको टोलीले कारमा जाँच गरेको थियो। 

उनीहरु भारतको रक्सोलबाट काठमाडौं आउँदै गरेको बा २ च ७०७९ नम्बरको कारमा सवार थिए। 

जाँचका क्रममा कारका चारवटै ढोकाको भित्री भागमा फल्स बटम बनाई चाँदीजस्तो देखिने धातु लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

बरामदपछि उक्त धातुको शुद्ध तौल १४ किलो १८० ग्राम रहेको छ।

बरामद धातुसहित कारमा सवार चारैजनालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा राखिएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here