जुवा खेलिरहेको अवस्थामा चार लाख नगदसहित आठजना पक्राउ
सुनसरी : सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र सात बुङ तास बरामद गरेको प्रहरीले जनाएको छ।
इटहरी उपमहानगरपालिका–४ शान्ति चोकस्थित द ईस्टन होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आइतबार राति छापा मारेको थियो। वडा प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले जुवाखालबाट उनीहरूलाई पक्राउ गरेको इटहरीका डिएसपी शुबास हमालले बताएका छन् ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१ का ३७ वर्षीय मोहन घिमिरे र ३९ वर्षीय युवराज मगर, वडा नं। ८ का ४२ वर्षीय मनोज राई, ५२ वर्षीय ईश्वर कार्की वडा नम्बर ४ का ४० वर्षीय टीकाराम गेलाल,४० वर्षीय जीवन अधिकारी,४३ वर्षीय दुर्गाप्रसाद थापा र ४२ वर्षीय खगेन्द्र लिम्बू रहेका छन्।






प्रतिक्रिया दिनुहोस्