को हुँदैछ, देउवाको उत्तराधिकारी ?


काठमाडौं :
नेपाली कांग्रेसमा दुई समूहको आधिकारिता विवादबीच नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले महाधिवेशन तयारी तीव्र बनाएको छ। तयारीको चटारोमा रहेको देउवा समूहमा आगामी नेतृत्वबारे भने सार्वजनिक दौडधुप देखिँदैन।

पार्टी विधानअनुसार देउवा पुनः सभापतिको उम्मेदवार बन्न नपाउने भएकाले उनको पक्षबाट नेतृत्वको आकांक्षी को हुने भन्ने विषय खुलिसकेको छैन। ‘अधिवेशनमा सहमतिका आधारमा नेतृत्व चयन हुन्छ वा प्रतिस्पर्धा हुन्छ भन्ने पनि टुंगो लागेको छैन,’ इतर पक्षका नेता जितजंग बस्नेत भन्छन्।

frontline

गगन थापा समूहले आधिकारिकता पाएसँगै देउवा पक्षका अधिकांश नेताहरू उतै खुलेका छन्। देउवा समूहको नेतृत्व गरेका पूर्णबहादुर खड्का पछिल्लो समय दुवैतर्फ नदेखिए पनि दोस्रो तहका केही शीर्ष नेता देउवासँगै छन्। संयोग के छ भने कांग्रेस संस्थापक बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिको लिगेसी बोकेका नेताहरू देउवासँग छन्। 

इतर समूहको नेतृत्व लिएका शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलादेखि आरजु राणा, रमेश लेखक, बद्री पाण्डे, प्रकाशशरण महतसम्मका नेताहरू देउवासँग छन्। 

नेता विमलेन्द्र निधि नेतृत्वको विषयमा अहिले नसोचिएको बताउँछन्। ‘शेरबहादुर दाइ आफू सभापति हुन्न भनेर दोस्रोपटक सभापतिमा जित निकालेपछि नै भन्नुभएको थियो। अहिले पनि उहाँले जो पार्टी सम्हाल्न सक्छ अगाडि आउ भनिराख्नुभएको छ। अहिले शशांक कोइरालाजीलाई महाधिवेशनको संयोजकमात्र बनाइएको हो। नेतृत्वमा कसलाई अगाडि सार्ने भन्नेबारे घनीभूत छलफल हुन्छ,’ उनले अन्नपूर्णसँग भने, ‘पहिला जिल्ला अधिवेशन गरी सकियोस् अनि नेतृत्वको विषयमा छलफल सुरु हुन्छ।’

देउवा १३औं महाधिवेशनबाट ०७२ सालमा कांग्रेस सभापति निर्वाचित भएका थिए। ०७८ मंसिरमा भएको १४औं महाधिवेशनबाट उनी कांग्रेस सभापतिमा दोहोरिए। त्यसअघि ०५९ सालमा कांग्रेस विभाजन गरेर ५ वर्षसम्म तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक)को नेतृत्व देउवाले गरेका थिए। 

देउवा पक्षले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको कार्यकाल मंसिर मसान्तमा समाप्त हुने भएकाले पार्टी विधानअनुसार १५औं महाधिवेशन गर्न लागेको तर्क गर्दै आएको छ। साउनमा भएको देउवा पक्षको सम्मेलनले देउवाकै नेतृत्वमा १५औं महाधिवेशन गर्ने निर्णय गरेको थियो।  दोस्रो कार्यकाल पूरा हुन लाग्दै गर्दा भएको युवा विद्रोहले कांग्रेसमा पनि विभाजनको बिउ रोपिएको थियो। 

२६–२८ पुस, २०८२ मा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन भएदेखि कांग्रेसमा दुई समूह सतहमा आए। विशेष महाधिवेशनबाट थापा सभापति र शर्मा उपसभापति निर्वाचित भए।

विवाद निरुपण गर्दै निर्वाचन आयोगले २ माघमा विशेष महाधिवेशनलाई मान्यता दियो। आयोगको बैठकले विशेष महाधिवेशनलाई कानुन र विधानसम्मत ठहर्‍याउँदै त्यहाँबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्‍यो।

निर्वाचन आयोगले मान्यता दिएपछि गगनले नै प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फको टिकट बाँडे। वैधानिकता विवाद सर्वोच्चसम्म पुग्यो। ३ महिना लामो विवाद निरूपण गर्दै सर्वोच्च अदालतले पनि ३ वैशाख, २०८३ मा पूर्णबहादुर खड्काले विशेष महाधिवेशन बदर गर्नुपर्ने मागसहित दायर गरेको रिट निवेदन खारेज गर्‍यो। 

सर्वोच्चले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दियो। सर्वोच्चले महाधिवेशनपश्चात् प्रमुख पदाधिकारीका रूपमा गगनकुमार थापाको हस्ताक्षरबाट २०८२ फागुन २१ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन भएको, निर्वाचनसमेत सम्पन्न भइसकेको र यसले नयाँ कार्यसमितिलाई राजनीतिक रूपमा वैधता प्रदान गरिसकेको तर्क गरेको थियो।

खड्काले दिएको पुनरावलोकन निवेदनमा सर्वोच्चले पुनरावलोकनको अनुमति दिएपछि विवादले नयाँ मोड लिएको छ। अदालतबाट आफूले अन्तिम अवस्थामा पनि न्याय पाउने अपेक्षामा रहेका देउवाले समानान्तर अभियानलाई निरन्तरता दिएका छन्।

तयारी तीव्र

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औं महाधिवेशनको तयारी तीव्र बनाएको छ। देशभरका १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये दसैं अगाडि १ सय १२ क्षेत्रमा अधिवेशन सकिएका छन्। देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ। त्यसअघि कात्तिक १५ गते जिल्ला र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी छ।

नेता जनक भट्टका अनुसार सुदूरपश्चिममा अहिलेसम्म डोटीमा मात्रै जिल्ला अधिवेशन सम्पन्न गरी नेतृत्व चयन गरिएको छ। डोटीको सभापतिमा बाजीसिंह खड्का चयन भए। सुदूरपश्चिमका अन्य जिल्लामा भने अधिवेशन हुन बाँकी छ।

३५ जिल्लामध्ये २२ मा नेतृत्व चयन

देउवा पक्षको १५औं महाधिवेशन तयारी समितिअन्तर्गत सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलका अनुसार एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये २२ जिल्लामा अधिवेशन भएका छन्। आइतबार बैतडी र रोल्पा अधिवेशन भएको छ। भोजपुर, दाङलगायतमा जिल्लामा कोजाग्रत पूर्णिमा लगत्तै गर्ने तयारी छ। ‘दुई र दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्मा कात्तिक १५ गते हुन्छ,’ उनले भने।

देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालालाई १५औं महाधिवेशन तयारी समितिको संयोजक बनाएर वडा तहदेखि विभिन्न तहका अधिवेशन अघि बढाएको छ। इतर पक्षको अहिलेसम्म देशभरका ६ हजार ७ सय ४३ वडामध्ये ५ हजार ५ सय वडामा अधिवेशन भएको छ। बाँकी १ हजार २ सय ४३ वडामा अधिवेशन हुन बाँकी छ। त्यसैगरी, ७ सय ५३ स्थानीय तहमध्ये ४ सय ९७ वटामा अधिवेशन भएको र २ सय ५६ वटामा बाँकी रहेको निर्वाचन समितिका संयोजक एगराज पोखरेलले बताए।

देउवा पक्षले वडा, पालिका, प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयनमा सर्वसम्मतिलाई प्राथमिकता दिएको जनाएको छ। अधिकांश स्थानमा निर्वाचनबिनै नेतृत्व चयनको प्रयास भइरहेको भए पनि केही क्षेत्रमा महाधिवेशन प्रतिनिधि चयन गर्न कठिनाइ भइरहेको बताइएको छ।

प्रतिनिधि चयनमा छुट्टै व्यवस्था
देउवा पक्षले प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३५ जना महाधिवेशन प्रतिनिधि चयन गर्ने व्यवस्था गरेको छ। १ सय ६५ निर्वाचन क्षेत्रबाट ५ हजार ७ सय ७५ जना प्रतिनिधि निर्वाचित हुनेछन्। पदेन प्रतिनिधि थपिएपछि कुल प्रतिनिधि संख्या अझ बढ्नेछ।

देउवा पक्षले १४औं महाधिवेशनका पदाधिकारी, केन्द्रीय सदस्य, प्रतिनिधिसभा तथा प्रदेशसभा सांसद र २०७९ को स्थानीय निर्वाचनमा रूख चिह्नबाट विजयी उम्मेदवारलाई स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरेको छ। थापा नेतृत्वको संस्थापन पक्षले जिल्ला तथा प्रदेश अधिवेशन नगरी केन्द्रीय महाधिवेशन गरी नेतृत्व चयन गरिसकेको 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here