थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट २ भारतीय महिला पक्राउ

काठमाडौं । १४ किलो थाई गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४६ वर्षीया शबानानु यार महम्मद शेख र ३५ वर्षीया शरीफा अब्बास छन् ।

हवाई मार्ग हुँदै नेपाल आउने यात्रुहरुको प्रोफाइलिङ गर्ने क्रममा मंगलबार लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरी टोलीले बाटिक एयरको उडानबाट काठमाडौँ आएका उनीहरुलाई पक्राउ गरेको हो ।

frontline

उनीहरु थाइल्यान्डबाट मलेसिया हुँदै नेपाल आएका प्रहरीले जनाएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान जारी रहेको लागू औषध नियन्त्रण ब्यूरोका सहप्रवक्ता जीवन निरौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

२ इभेन्ट्स/फंसन

poster-here