ढुंगा, गिट्टी, बालुवा उपयोगको अधिकार संघमा केन्द्रीकृत नगर्न सुझाव
ढुंगा, गिट्टी, बालुवालगायत खानी तथा खनिज पदार्थको संरक्षण र उत्खननमा संघ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारी र अधिकार क्षेत्रबारेको प्रश्न संसदीय समितिमा उठेको छ ।
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथिको छलफलमा यो विषय उठेको हो ।
संविधानले खानी तथा खनिज पदार्थसम्बन्धी विषयलाई तीनै तहको अधिकार सूचीमा राखेको छ । खनिज पदार्थको उत्खनन, अन्वेषण तथा व्यवस्थापनसँग सम्बन्धित अधिकार संघ, प्रदेश र स्थानीय तहबीच बाँडिएको छ । यसलाई कार्यान्वयन गर्ने गरी तयार विधेयकमाथिको छलफलमा सहभागी विज्ञहरूले यसमा संघ, प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट हुनुपर्ने सुझाएका छन् ।
भूगर्भशास्त्री डा. कविराज पौडेल भन्छन्, ‘हामीसित ढुंगा, गिट्टी, बालुवाको ठूलो भण्डार छ । त्यसलाई उपयोग गर्ने कुरा खानी विभागमा आएर ठोक्किएर मात्रै भ्याउँदै भ्याउँदैन । यसकारण यसको विस्तार भएर अधिकार स्थानीय तहसम्म जानैपर्छ ।’






प्रतिक्रिया दिनुहोस्