‘डोजर चलाएर मात्रै समस्या समाधान हुँदैन, वास्तविक सुकुमबासीलाई विकल्प दिनुपर्छ’

 हाम्रो समाज यति विकृत भइसकेको छ कि, जता कोट्यायो त्यतै गन्ध आउँछ । सुकुमबासीको नाममा ठगेर खाने, धन्दा गर्ने केही गैरसरकारी संस्था (एनजिओ) र पार्टीका मान्छेहरू पक्कै छन् । त्यो कुरा पहिचान भइसकेको छ । तर, सँगसँगै हामीले सुकुमबासीहरूलाई पनि सम्झाउनुपर्छ । बाढी आउँदा बालबच्चा बगाउने जोखिम भएको खोला किनारको असुरक्षित ठाउँमा बस्नु तपाईँकै लागि पनि घातक छ भनेर बुझाउनुपर्छ ।

उहाँहरूलाई उचाल्ने र भड्काउने मान्छेहरूको पछि नलाग्न मेरो आग्रह छ । जो वास्तविक सुकुमबासी हुन्, उनीहरूलाई विकल्प दिएपछि उनीहरू आफैँ बुझ्छन् र जान तयार हुन्छन् । पहिले नै पहिचान गरिसकेका रेकर्डहरू छन्, त्यसलाई फेरि पनि रुजु गर्न सकिन्छ । विकल्पसहित सँगसँगै काम अघि बढाउने हो भने यो समस्या सहजै समाधान हुन्छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here