जेनजि आन्दोलन ः प्रदेश सभाको भवन ध्वस्त, सेवा क्यान्टिनबाट सञ्चालन

हेटौंडा । बागमती प्रदेशमा जेनजि पुस्ताको आन्दोलनले प्रदेश सभा सचिवालयलाई नै कार्यविहीन बनाइदिएको छ।

असोज २४ गते भएको प्रदर्शन र झडपका क्रममा प्रदेश सभाको नयाँ तथा पुरानो दुवै भवनमा तोडफोड र आगजनी हुँदा सम्पूर्ण संरचना जलेर नष्ट भएको हो। हाल प्रदेश सभा सचिवालयका कर्मचारीहरूले भवन नभएकै कारण क्यान्टिनबाट सेवा प्रवाह गरिरहेका छन्।

frontline

सचिवालयका एक अधिकारीका अनुसार, कुर्सीदेखि कार्यालय सञ्चालनका अत्यावश्यक सामग्रीसम्म प्रयोग अयोग्य भएका छन्। “बैठक चलाउने ठाउँ छैन, कर्मचारी क्यान्टिनमा बसेर काम गर्न बाध्य छन्,” उनले बताए।

प्रदेश प्रमुख कार्यालयका कानुन अधिकृत तथा प्रवक्ताले करिब १२ करोड २९ लाख लागतमा बनेको नवनिर्मित भवनसहित पुरानो भवन पनि जलाइएको र करिब ३० करोड रुपैयाँ बराबरको क्षति पुगेको जानकारी दिए। गत साउन २७ गते मात्र उद्घाटन भएको नयाँ भवनमा जम्मा चारवटा बैठक मात्रै बसेको अवस्थामा पूर्णरूपमा ध्वस्त भएको हो।

प्रदेश सभा सचिवालयका अनुसार तत्काल प्रदेश सभाको बैठक सञ्चालन गर्ने अवस्था छैन। प्रदेशसभाको बैठक र समितिहरू अनिश्चितकालका लागि स्थगित भएका छन् भने कर्मचारीहरू अस्थायी स्थानमा बसेर सेवा दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here